२०८३ साउन २१ गते बिहीबार

सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित

सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १५ गते बुधबार ०५:२३

पाेखरा । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने तय भएपनि स्वतन्त्र १ सहित पृथ्वीसुब्बाकाे विपक्षमा मतदान गर्ने बताएकाे...

पाेखरा । गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने तय भएपनि स्वतन्त्र १ सहित पृथ्वीसुब्बाकाे विपक्षमा मतदान गर्ने बताएकाे राजमाेका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला मच्चिएकाे थियाे । यस अघि अपराह्न साढे ४ बजे मतदान गर्ने कार्यसूची थियाे ।

जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका हुन् ।

दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको एमालेकाे अाराेप छ ।

प्रकाशित मिति २०७८ वैशाख १५ गते बुधबार ०५:२३
हजुरको प्रतिक्रिया