२०८३ साउन २१ गते बिहीबार

अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलः शुक्रवार प्रि–क्वाटरका खेल हुने

अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलः शुक्रवार प्रि–क्वाटरका खेल हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १७ गते बिहीबार ०६:२३

बिहिबार दोस्रो राउण्डमा खेल सकिएसँगै प्रि–क्वाटर खेल्ने १६ टिको टुन्गो लागेको आयोजक समितिका शम्सुल हकले जानकारी दिए ।

पोखरा ।

लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहिबार सात खेल सम्पन्न भएको छ । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएका खेलमा एनएमवाइसी (ए), रामघाट (ह्वाइट), माछापुच्छ«े त्रिशक्ति, स्लामिक कल्याण्कारी ( ह्वाइट), पोखरा जब्स्, ए–७ र एनएमवाइसी एफसी (बी) प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

एनएमवाइसी (ए)ले न्युरोड एफसीलाइ ४– ० को फराकीलो अन्तरले पराजित गदैँ खेल जितेको हो । यस्तै नमुना एफसीलाई ०–१ गोल गदैँ रामघाटले कठिन जित निकाल्दा माछापुच्छ«ेले रंगशाला गु्रपलाई २–० को सहज जित निकाल्यो ।

यस्तै स्लामिक कल्याणकारीले गन्नी एफसी (निलो) लाई ३–२ को अन्तरले पराजित ग¥यो । एनइपी पोखरा टिम मैदानमा उपस्थित नहुदाँ पोखरा जब्स् स्वतः प्रि–क्वाटरमा प्रवेश ग¥यो । ए–७ टिमले एनके फुटबल क्लवलाई २–० को अन्तरले पराजित गर्दा एनएमवाइसी एफसी (बी)ले मसिना बगर एफसीलाई पन्छाउदैँ ३–० को सहज जित निकाल्यो ।

बिहिबार दोस्रो राउण्डमा खेल सकिएसँगै प्रि–क्वाटर खेल्ने १६ टिको टुन्गो लागेको आयोजक समितिका शम्सुल हकले जानकारी दिए । शुक्रबार प्रि–क्वाटरका खेल हुने छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । यस्तै विधागत तर्फ वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा भएको प्रतियोगिता यही माघ २० गतेसम्म चल्ने छ ।

प्रकाशित मिति २०८१ माघ १७ गते बिहीबार ०६:२३
हजुरको प्रतिक्रिया