२०८३ साउन २१ गते बिहीबार

दोस्रो रिमा स्मृति सेभेन ए साइड फुटबलको उपाधि राम लक्ष्मण युथ क्लबलाई

दोस्रो रिमा स्मृति सेभेन ए साइड फुटबलको उपाधि राम लक्ष्मण युथ क्लबलाई

सपना अधिकारी

@Public 4K Tv

२०८१ माघ २१ गते सोमबार १०:१७

शनिबार फेदीखोला रंगशालामा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि पेनाल्टी शूट आउटमा आयोजक ने.वि.संघ ‘सि’लाई ७–६ गोल अन्तरले हराउँदै राम लक्ष्मण युथ क्लबले उपाधि हात पारेको हो ।

स्याङ्जा ।

नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिका कार्यसमिति स्याङ्जाद्वारा आयोजित दोस्रो स्वर्गीय रिमा स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि राम लक्ष्मण युथ क्लबले जितेको छ ।

शनिबार फेदीखोला रंगशालामा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि पेनाल्टी शूट आउटमा आयोजक ने.वि.संघ ‘सि’लाई ७–६ गोल अन्तरले हराउँदै राम लक्ष्मण युथ क्लबले उपाधि हात पारेको हो ।

उपाधिसंगै राम लक्ष्मण युथ क्लबले नगद रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उपविजेतामा सिमित आयोजक नेविसंघ फेदीखोला कार्यसमिति ‘सि’ले नगद रु २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई नेपाली कांग्रेस फेदीखोला गाउँपालिकाका सभापति महेन्द्र थापाले पुरस्कार वितरण गरेका थिए ।

यही माघ १६ गतेदेखि १९ गतेसम्म चार दिन चलेको प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताअन्तर्गत प्रथम पुरस्कारको सौजन्य पोखरा–स्याङ्जा तरुण सम्पर्क समितिका संयोजक अनिल खाँड ठकुरीले गरेका थिए भने द्वितीय पुरस्कारको प्रायोजन नेपाल विद्यार्थी संघ फेदिखोला सदस्य कुश खड्का (झ्यानी)ले गरेका थिए ।

नेपाली कांग्रेस फेदीखोला गाउँपालिकाका सभापति महेन्द्र थापाको प्रमख आतिथ्यता र ने.वि.संघ फेदीखोलाका सभापति सन्देश जिसीको सभापतीत्वमा भएको समापन कार्यक्रममा स्व.रिमाका बुवा भिम बहादुर क्षेत्री, जिल्ला सदस्य लक्ष्मी प्रसाद बराल, महिला नेतृ अम्बिका पौडेल, क्षेत्रीय सदस्य धनराज केसी, जित जङ्ग कार्की, पालिका पार्टी उप–सभापति हेमन्त पौडेल, पार्टी सचिव उमाकान्त पौडेल, पार्टी प्रवक्ता कमल प्रसाद सुवेदी, फेदीखोला गाउँपालिका– १ का अध्यक्ष अमृत क्षेत्री, वडा नं ४ का अध्यक्ष ख्याम नारायण पौडेल, वडा नं २ का पार्टी सभापति चन्द्र जि.सीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन ने.वि.संघ फेदीखोलाका निवर्तमान सभापति महेशबाबू खडकाले गरेका थिए ।

प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार १०:१७
हजुरको प्रतिक्रिया