२०८३ साउन २१ गते बिहीबार

२४औं आहा रारा पोखरा गोल्डकप आजदेखि, उद्घाटन खेल आयोजक सहारा क्लब र नेपाल पुलिसबीच

२४औं आहा रारा पोखरा गोल्डकप आजदेखि, उद्घाटन खेल आयोजक सहारा क्लब र नेपाल पुलिसबीच

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २२ गते मंगलबार ०९:३४

प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबबीच हुँदैछ । उद्घाटन खेल आज दिउँसो साढे २ बजेबाट सुरु हुँदैछ ।

पोखरा ।

२४औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

सहारा क्लब पोखराका आयोजनामा पोखरा रंगशालामा २४औं संस्करणको आहा रारा फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबबीच हुँदैछ । उद्घाटन खेल आज दिउँसो साढे २ बजेबाट सुरु हुँदैछ ।

प्रतियोगितामा ३ विदेशी टोलीसहित १२ टोलीले सहभागिता जनाएका छन् ।

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसहित सहभागी हुने ए डिभिजनका टोलीमा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन् ।

आयोजना सहारा, एपिएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि सहभागिता जनाएका छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेता हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

आहा रारा पोखरा गोल्डकपबाट बचत हुने रकम आयोजक सहाराले क्लबले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । एकेडेमीमा ३० जना बालक आश्रित छन् ।

 

प्रकाशित मिति २०८१ माघ २२ गते मंगलबार ०९:३४
हजुरको प्रतिक्रिया