२०८३ साउन २१ गते बिहीबार

त्रिदेशीय महिला टी–२० शृंखला : आज नेपाल र थाइल्याण्ड खेल्दै

त्रिदेशीय महिला टी–२० शृंखला : आज नेपाल र थाइल्याण्ड खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २२ गते मंगलबार १०:१८

लगातार तेस्रो हार व्यहोरेको नेपाल आज पहिलो जित निकाल्न चाहन्छ । यसअघि नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले दास्रो खेलमा थाइल्यान्डसँग २० रनले र आइतबारको खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।

पोखरा ।

त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा आज नेपालले थाइल्याण्डसंग खेल्दैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट शुरु हुनेछ ।

यसअघि हिजोको खेलमा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराएको थियो ।

योसँगै थाइल्यान्ड लगातार तेस्रो जीतसहित ६ अंग जोडेर तालिकाको शीर्ष स्थानमा छ ।

नेदरल्यान्ड्स ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल लगातार ३ वटा खेलमा हार बेहोर्दै पुछारमा छ ।

लगातार तेस्रो हार व्यहोरेको नेपाल आज पहिलो जित निकाल्न चाहन्छ ।

यसअघि नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले दास्रो खेलमा थाइल्यान्डसँग २० रनले र आइतबारको खेलमा नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।

प्रकाशित मिति २०८१ माघ २२ गते मंगलबार १०:१८
हजुरको प्रतिक्रिया