२०८३ असोज २४ गते शनिबार

आहा रारा पोखरा गोल्ड कप :आज एपीएफ र मच्छिन्द्र क्लब खेल्दै

आहा रारा पोखरा गोल्ड कप :आज एपीएफ र मच्छिन्द्र क्लब खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २३ गते बुधबार ११:०९

हालसम्म आहा रारा पोखरा गोल्ड कपको फाइनलमा पुग्न नसकेको मच्छिन्द्र र २०७८ सालको गोल्ड कपको विजेता एपीएएफबीचको खेल अहिले दिउँसो साढे २ बजेबाट सुरु हुँदैछ ।

पोखरा ।

२४औँ आहा रारा पोखरा गोल्ड कप प्रतियोगितामा आज सशस्त्र प्रहरी बल एपीएफ फुटबल क्लब र मच्छिन्द्र क्लबीच खेल हुँदैछ ।

मंगलबारदेखि पोखरा रंगशालामा सुरु भएको खेलको दोस्रो दिन यी दुई क्लबबिच प्रतिश्पर्धा हुने लागेको हो ।

हालसम्म आहा रारा पोखरा गोल्ड कपको फाइनलमा पुग्न नसकेको मच्छिन्द्र र २०७८ सालको गोल्ड कपको विजेता एपीएएफबीचको खेल अहिले दिउँसो साढे २ बजेबाट सुरु हुँदैछ ।

यो खेलबाट विजेता बनेको टोलीले माघ २७ गते थ्रीस्टार क्लबसँग खेल्नुपर्ने छ ।

मंगलबार भएको उद्घाटन खेलमा भने विभागीय टोली नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई पराजित गरेको छ ।

पुलिसले आयोजक सहारा क्लबलाई १–० गोलले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

पुलिसले अब सेमिफाइनल प्रवेशका लागि माघ २६ गते ब्रिगेड ब्वाइज क्लब युकेसँग २६ खेल्नेछ ।

प्रतियोगिताको २३ औँ संस्करणमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजेता र थ्री स्टार क्लब उपविजेता बनेका थिए ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेता हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति २०८१ माघ २३ गते बुधबार ११:०९
हजुरको प्रतिक्रिया