२०८३ साउन २१ गते बिहीबार

शिक्षा

लुम्बिनी बौद्ध विश्वविद्यालयः जहाँ विद्यार्थी त्यहीँ परीक्षा

लुम्बिनी बौद्ध विश्वविद्यालयः जहाँ विद्यार्थी त्यहीँ परीक्षा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २८ गते आइतबार ०४:२२

लुम्बिनी बौद्ध विश्वविद्यालयले आइतबारदेखि विद्यार्थीले मागेकै स्थानमा परीक्षा केन्द्र कायम राखी परीक्षा सुरु गरेको छ । एउटा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी स्नातक र स्नातकोत्तर तहको परीक्षा शुरू गरिएकाे विश्वविद्यालयका...

लुम्बिनी बौद्ध विश्वविद्यालयले आइतबारदेखि विद्यार्थीले मागेकै स्थानमा परीक्षा केन्द्र कायम राखी परीक्षा सुरु गरेको छ । एउटा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी स्नातक र स्नातकोत्तर तहको परीक्षा शुरू गरिएकाे विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले जानकारी दिए ।

स्वास्थ्य मापदण्ड पालना गर्दै दुई पटकसम्म स्थगित परीक्षा सञ्चालन गरिएकाे हाे । परीक्षार्थीहरूलाई हरेक सिटमा एक-एक जना रहने गरी दुई–दुई मिटर दूरीमा राखेर परीक्षा लिइएकाे छ । परीक्षा सकिएपछि कोठा ‘डिसइन्फेक्सन’ गर्ने तथा हरेक दिन परीक्षार्थीहरूलाई मास्क, पन्जा र स्यानिटाइजर उपलब्ध गराउने व्यवस्था गरिएकाे बताइएकाे छ ।

पर्सामा रहेकाे विश्वविद्यालयकाे परीक्षा केन्द्र विद्यार्थीहरूलाई सहज हुने गरी रुपन्देही, कपिलवस्तु, नवलपरासी र काठमाडौंमा राखिएकाे छ । बीएएलएलबीका एक विद्यार्थी हुम्लामा रहेकाले उनलाई हुम्ला क्याम्पसबाट परीक्षा दिने व्यवस्था मिलाइएको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७७ भदौ २८ गते आइतबार ०४:२२
हजुरको प्रतिक्रिया