२०८३ साउन २१ गते बिहीबार

विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्छौँः अध्यक्ष दाहाल

विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्छौँः अध्यक्ष दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २४ गते बिहीबार ०४:०३

सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी नहुने कुरा स्वार्थ समूहले बुझ्न जरुरी रहेको उनले उल्लेख गरे ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरु पुनः खोल्ने बताएका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको शक्ति लिएर अपराधका फाइलहरु पुनः खोल्ने बताएका हुन् । उनले लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि शुरु गर्ने बताउनु भयो ।

उनले विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने दाबी गरे ।

अहिलेको सरकारसँग जना खुशी नभएपनि विचौलिया र स्वार्थ समूहहरु खुशी रहेको उनले जिकिर गरे ।

अध्यक्ष दाहालले भने ‘अहिले जनता सरकारसँग दुःखी भए पनि विचौलिया र स्वार्थ समूहहरु खुशी छन् । तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरुले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरु फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौं यी अपराधका फाइल । फेरि शुरु गर्नेछौं लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौं, विचौलिया र राजनीतिको गठजोड ।’

सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी नहुने कुरा स्वार्थ समूहले बुझ्न जरुरी रहेको उनले उल्लेख गरे ।

प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार ०४:०३

हजुरको प्रतिक्रिया