२०८३ असोज २६ गते सोमबार

शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल

शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २४ गते बिहीबार ०४:१०

दुई प्रतिष्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर संविधान संशोधनको सैद्धान्तिक जामा लगाएको आरोप लगाए ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबार प्रकरणमा आफैँबाट अनुसन्धान शुरु गर्न आग्रह गरेका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नुवाकोटाको शेरा दरबारलाई अहिले चर्चामा ल्याइएको बताएका हुन् । उनले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको आफूले बुझेको पनि उल्लेख गरे । कतै न कतै प्रचण्डलाई जोड्न सकिन्छ की भनेर सरकार लागेको उनले आरोप लगाए ।

उनले भने, ‘अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले ? म आज वाइडबडीको कुरा गर्दिनँ । गिरिबन्धु, यति र ओम्नीको पनि चर्चा गर्दिनँ । तर, सबै उस्तै हुन् भन्ने भाष्य मन्जुर छैन मलाई । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट शुरु गरौं । ’

दुई प्रतिष्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर संविधान संशोधनको सैद्धान्तिक जामा लगाएको आरोप लगाए ।

प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार ०४:१०
हजुरको प्रतिक्रिया