एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) काे जारी प्रतियाेगितामा दिल्ली क्यापिटल्सले फेरी एकपटक अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । आइतबार अहमदावादमा टस जितेर पहिला फिल्डिङ रोजेको दिल्लीले पञ्जाव क्यापिटल्सबिरूद्द जित दर्ता गर्दै शिर्ष स्थान कब्जा गरेकाे हाे ।
पहिले बलिङ गरेकाे दिल्लीले पञ्जावलाई १६६ रनकाे मध्यम स्काेरमा राेक्याे । पञ्जाब किंग्सका स्ट्याण्ड इन कप्तान मायंक अग्रवालले अविजित ९९ रन रन बनाए पनि जितका लागि त्याे पर्याप्त हुन सकेन् । नियमित कप्तान लोकेश राहुल एपेन्डिसाइटिसका कारण अस्पताल भर्ना भएपछि अग्रवालले पञ्जाबको कप्तानी सम्हालेका थिए ।
यस्तै आईपीएल डेब्यु गरेका विश्व नम्बर वान टी-२० ब्याट्सम्यान डेविड मालानले २६ बलमा २६ रन बनाए । पञ्जावका अन्य ब्याट्सम्यानले रन जाेडन नसक्दा पञ्जाव मध्यम स्काेरमा खुम्चियाे । दिल्लीका कागिसो रबाडाले ३ तथा आभेष खान र अक्सर पटेलले १–१ विकेट लिए ।
१६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १४ बल अगावै सात विकेटको फराकिलो जित हासिल गरेको हो । दिल्लीका लागि शिखर धवनले ६९ रन बनाए भने पृथ्वी शाले ३९, स्टिभन स्मिथले २४, ऋषभ पन्तले १४ र सिमरन हेटमायरले १६ रन बनाए ।
पञ्जाबका रिले मेरेडिथ, हरप्रित ब्रार र क्रिस जोर्डनले १-१ विकेट लिए ।
यस जितपछि दिल्लीले ८ खेलबाट १२ अंक जोड्दै चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरमाथि २ अंकको स्पष्ट अग्रता बनाएको छ । बेंगलोरले सोमबार कोलकता नाइट राइडर्ससँग खेल्दैछ । सिजनको पाँचौ हारपछि ८ खेलबाट ६ अंक रहेको पञ्जाब छैटौं स्थानमा छ ।
प्रकाशित मिति २०७८ वैशाख २० गते सोमबार ०९:१७




