२०८३ साउन २१ गते बिहीबार

प्रधान सेनापति खुला म्याराथन–२०८१ फागुन १० मा, पहिलो हुनेलाई ३ लाख

प्रधान सेनापति खुला म्याराथन–२०८१ फागुन १० मा, पहिलो हुनेलाई ३ लाख

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २५ गते शुक्रबार ०४:५४

उनले १० कि.मि.को म्याराथन नेपाली सेनाका सैनिक अधिकृतहरु महिला र पुरुष दुवैको लागि रहेको बताए ।

काठमाडौं ।

नेपाली सेनाले सेना दिवसको अवसरमा प्रधान सेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले २६२ औं सेना दिवसको अवसरमा फागुन १० गते प्रधान सेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख सेनानी नरेश के.सीले ४२.१९५ कि.मि. पुरुष खुला म्याराथन र हाफ म्याराथन २१ कि.मि महिला र पुरुष दुवैको लागि खुल्ला रहेको जानकारी दिए ।

उनले १० कि.मि.को म्याराथन नेपाली सेनाका सैनिक अधिकृतहरु महिला र पुरुष दुवैको लागि रहेको बताए ।

उनले १० कि.मि.को म्याराथन नेपाली सेनाका विभिन्न दहमा कार्यरत कर्मचारी र काठमाडौ उपत्यकाका अवकाश प्राप्त सकलदर्जाका १२ कक्षासम्म पढ्ने छोरा छोरीहरुले पनि भाग लिन पाउने उल्लेख गरे । ५ कि.मि. वकथन प्रमुख अतिथि र आमन्त्रित व्यक्तिहरुको लागि राखिएको उनले जानकारी दिए ।

५ कि.मि सैनिक महाविद्यालय र विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले सहभागिता जनाउन पाउने उनले जिकिर गरे । प्रधान सेनापति खुला म्याराथन–२०८१ मा ३ हजार सहभागिता हुने अपेक्षा रहेको उनले उल्लेख गरे ।

प्रधान सेनापति खुला म्याराथन–२०८१ प्रथम हुनेले ३ लाख रुपैयाँ राशिको पुरस्कार रहेको जानकारी दिए । द्वितियलाई २ लाख,तृतीय हुनेलाई १ लाख,चौथो हुनेलाई ५० हजार,पाँचौलाई ३० हजार, छैंठां २५ हजार,सातौं २० हजार,आठौं १५ हजार,नवौं १० हजार र दसौं हुनेलाई ५ हजार रुपैयाँ रहेको उनले जानकारी दिए ।

२१ कि.मि. हाफ म्याराथनमा प्रथम हुने महिला र पुरुष दुवैले ७५ हजार,द्वितिय ५० हजार र तृतीय ३५ हजार रुपैयाँ पाउने उनले जानकारी दिए । १० कि.मी दौडमा प्रथम हुनेलाई १० हजार रुपैयाँ राशीको पुरस्कार रहेको बताए ।

उनले म्याराथन तथा हाफ म्याराथन विजेताहरुलाई यामाहा कम्पनीको मोटरसाइकल तथा स्कुटर प्रदान गरिने बताए । सेनाकाअनुसार खुला म्याराथनमा भाग लिन निःशुल्क दर्ताको व्यवस्था गरिएको र माघ ३० गतेसम्म दर्ता गरिसक्नुपर्नेछ ।

प्रकाशित मिति २०८१ माघ २५ गते शुक्रबार ०४:५४

हजुरको प्रतिक्रिया