२०८३ असोज २४ गते शनिबार

पोखरा गोल्डकपको पहिलो क्वाटरफाइनलमा आज पुलिस र ब्रिगेड ब्वाइज युके खेल्दै

पोखरा गोल्डकपको पहिलो क्वाटरफाइनलमा आज पुलिस र ब्रिगेड ब्वाइज युके खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २६ गते शनिबार ०९:३३

पोखरा। पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपमा आजदेखि क्वाटरफाइनलको खेल शुरू हुँदैछ । पहिलो क्वाटरफाइनलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेले खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ...

थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्ने

पोखरा।

पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपमा आजदेखि क्वाटरफाइनलको खेल शुरू हुँदैछ ।

पहिलो क्वाटरफाइनलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेले खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ ।

यसअघि हिजो भएको अन्तिम प्रि–क्वाटरफाइनलको खेलमा दुई पटकको विजेता सङ्कटा क्लबलाई हराउँदै भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड अन्तिम आठमा पुग्यो ।

सङ्कटा थन्डरबोल्टसँग ३–१ ले पराजित भयो । योसँगै तीन वटा पूर्व विजेता टोली आयोजक सहारा क्लब, एपीएफ र सङ्कटा यस पटकको पोखरा गोल्डकपबाट बाहिरिसकेका छन् ।

थन्डरबोल्टले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ । ब्ल्याक बुल्स हिजो नेपाल आइपुगेको छ ।

पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति २०८१ माघ २६ गते शनिबार ०९:३३
हजुरको प्रतिक्रिया