२०८३ असोज २६ गते सोमबार

नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशन आजदेखि

नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशन आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार १०:१४

महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।

काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशन आजदेखि हुँदैछ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आजदेखि देखि २९ गतेसम्म चल्ने महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन् ।

महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ ।

महाधिवेशनमा पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको संगठन निर्माणलाई प्राथमिकता दिने पार्टीले जनाएको छ ।

नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ ।

यसैबीच नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवासमा रहने सदस्यहरुका लागि अनलाइन मतदानको व्यवस्था गरिने भएको छ ।

पार्टीकी नेतृ हिसिला यमीका अनुसार भारतमा रहने प्रवासी सदस्यहरुलाई अनलाइनबाट मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार १०:१४
हजुरको प्रतिक्रिया