२०८३ साउन २१ गते बिहीबार

०६४ को जस्तै मलाई छुन पाए हुन्थ्यो भनेर नागरिकले चाहना राख्ने गरेका छन्ः प्रचण्ड

०६४ को जस्तै मलाई छुन पाए हुन्थ्यो भनेर नागरिकले चाहना राख्ने गरेका छन्ः प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार ०१:३०

माओवादीहरु देश परिवर्तनको संवाहक भएको जिकिर गरे ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीप्रति आकर्षण हुनेको लर्को लागेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियामा आइसकेपछि तीन वटा चुनाव लडिसकेको र अहिले माओवादी केन्द्र नयाँ संश्लेषणमा र नयाँ शक्तिको रुपमा देशभर छाएको बताएका हुन् ।

उनले आफूलाई ०६४ मा जनताले छुन पाए हुन्थ्यो भन्ने आश गर्ने गरेजस्तै अहिले पुनः त्यस्तै अवस्था आएको उल्लेख गरे । आफूसँग तस्बिर खिच्न, आफूलाई छुन चाहनेहरु अहिले पनि देश दौडाहाका क्रममा बढिरहेको महशुस आफूले गरेको उनले जिकिर गरे ।

अध्यक्ष दाहालले भने, ‘नेपालमा हाम्रो शान्ति प्रक्रियामा आइसकेपछि, दुई तीन वटा चुनाव लडिसकेपछि पहिलो पटक फेरि माओवादी आन्दोलन एउटा नयाँ संश्लेषणमा, एउटा नयाँ शक्तिको रुपमा देशभर नयाँ अवसरको मोडमा छ । तपाईंहरुले देख्नुभएको छ । पूर्वदेखि पश्चिम र दक्षिणदेखि उत्तर जहाँ गएपनि हाम्रो पार्टीप्रति ०६४ को जस्तै लगाव, उभार, आकर्षण देखेको छ । ०६४ मा कस्तो थियो, म जहाँ गयो त्यहाँ बुढाबुढी, युवा युवती, बच्चाबच्ची एक पटक छुन पाए हुन्थ्यो भन्ने थियो । त्यस्तो उभार थियो । बीचमा उस्तै उस्तै जस्तो भयो । सबै उस्तै रहेछन् भनेजस्तो भयो । अहिले होइन, माओवादी नै रहेछ हाम्रो पार्टी त भन्ने जनतामा फेरि भएको छ । म जहाँ गएको छु मलाई छुने, यसो हेर्ने, फोटो खिच्ने ०६४ को जस्तै देखेको छु ।’

अध्यक्ष दाहालले एक भएर अघि बढेको खण्डमा ०८४ माओवादीको हुने बताए । माओवादीहरु देश परिवर्तनको संवाहक भएको जिकिर गरे ।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०१:३०
हजुरको प्रतिक्रिया