२०८३ असोज २६ गते सोमबार

सांसद बलायरको प्रश्नः ‘सुदूरपीश्चम प्रदेशले राजधानी कहिले पाउँछ’

सांसद बलायरको प्रश्नः ‘सुदूरपीश्चम प्रदेशले राजधानी कहिले पाउँछ’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २८ गते सोमबार ०५:०९

सांसद बलायरले संसदमा लगातार दुई वर्षदेखि यही कुरा बोलेको भएपनि सुदूरपश्चिमले राजधानी नपाएको बताए ।

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म राजधानी नपाएको उल्लेख गर्दै सरकारसँग जवाफ माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । सुदूरपश्चिम प्रदेश सभाले गोदावरी राजधानी तोकेको पाँच वर्षभन्दा बढी भइसकेको छ ।

तर सभाले सर्वाभौम अधिकार प्रयोग गरेको यो निर्णय यतिबेला अलपत्र परेको छ । प्रदेशको सबै काम कार्बाही कैलालीको धनगढीबाट हुँदै आएको छ ।

सांसद बलायरले संसदमा लगातार दुई वर्षदेखि यही कुरा बोलेको भएपनि सुदूरपश्चिमले राजधानी नपाएको बताए ।

उनले भने, ‘गएको सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा घोषणा गर्यो । त्यहाँको प्रदेश सभाले राजधानी तोक्यो । तर अहिलेसम्म सुदूरपश्चिमले राजधानी नपाउनु ? संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण गर्दाको हस्ताक्षरकर्ता पनि हो म । आज सुदूरपश्चिमले राजधानी नपाउनुको अर्थ के हो ? यसको उत्तर कसले दिने हो ? अढाई वर्षदेखि यहीबारेमा मैले बोलदै आएको छु । यसको जवाफ चाहिन्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको हस्ताक्षरकर्ता आफू समेत भएको उल्लेख गर्दै उक्त माग सम्बोधन हुनुपर्ने उनले जिकिर गरे ।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०५:०९

हजुरको प्रतिक्रिया