२०८३ साउन २१ गते बिहीबार

देशमा इमान्दारिताको खडेरी लाग्योः सांसद आलेमगर

देशमा इमान्दारिताको खडेरी लाग्योः सांसद आलेमगर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २८ गते सोमबार ०५:११

माओवादी जनयुद्ध पनि राजनीतिक गतिविधि भएको उनको भनाइ छ ।

काठमाडौं ।

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले देशमा इमान्दारिताको खडेरी लागेको बताएका छन् ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा इमान्दारिता आवश्यक रहेको बताए ।

उनले देशलाई अगाडि बढाउन र समृद्धि ल्याउन उद्योगधन्दा, कलकारखाना विकास हुनुपर्ने उल्लेख गरे । तर नेपालमा कलकारखाना, उद्योधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति देखापरेको उनको भनाइ छ ।

उनले भने, ‘इमान्दारिताको खडेरी यो देशमा परेको छ । इमान्दारी चाहियो । देशलाई अगाडि बढाउने हो भने, निश्चित रुमपा समृद्धि ल्याउने हो भने, निश्चित रुपमा उद्योगधन्दा, कलकारखाना विकास हुनु पर्दछ । तर हाम्रो देशमा त्यस्तो भएको छैन । कलकारखानाहरुलाई, उद्योधन्दाहरुलाई हतोत्साही गर्ने प्रवृत्ति यो देशमा देखापरेको छ ।’

माओवादीले गरेको आन्दोलन राजनीतिक घटनाक्रम भएको उनले जिकिर गरे । माओवादी जनयुद्ध पनि राजनीतिक गतिविधि भएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०५:११
हजुरको प्रतिक्रिया