२०८३ साउन २१ गते बिहीबार

सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित

सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २८ गते सोमबार ०९:५५

पाेखरा । पोखराको सहारा एकेडेमीका ६ खेलाडी ललितपुरको ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित भएका छन् । एकेडेमी र ब्वाइजबीच आज औपचारिक कार्यक्रममार्फत खेलाडी अनुबन्धित भएका हुन् । ब्वाइजमा अनुबन्धित ६ खेलाडी एकेडेमीका तेस्रो ब्याच...

पाेखरा ।

पोखराको सहारा एकेडेमीका ६ खेलाडी ललितपुरको ब्रिगेड ब्वाइज क्लबमा अनुबन्धित भएका छन् । एकेडेमी र ब्वाइजबीच आज औपचारिक कार्यक्रममार्फत खेलाडी अनुबन्धित भएका हुन् ।

ब्वाइजमा अनुबन्धित ६ खेलाडी एकेडेमीका तेस्रो ब्याच हुन् ।

यस अवसरमा आगामी दिनमा थप खेलाडी उत्पादन गर्न सहयोग हेतु ब्वाइजले एकेडेमीलाई २ लाख रुपैयाँ सहयोग गरेको छ । अनुबन्धित खेलाडीहरुले काठमाण्डौंमा आगामी फागुन २५ गतेदेखि सुरु हुने शहिद स्मारक ए डिभिजन लिग खेल्नेछन् ।

खेलाडीहरुलाई ब्वाइजले क्लबको नियमानुसनर सेवा, सुविधा र पारिश्रमिक उपलब्ध गराउनेछ । एकेडेमीका अनुसार अनुबन्धित खेलाडीमा विशाल नेपाली, मुकुन्द न्युरे, भागवत चौधरी, अभिषेक राना, अशोक रेग्मी, सन्तोष शाही रहेका छन् ।

जसमध्ये विशाल नेपाली हाल क्लोज क्याम्पमा रहेका छन् ।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०९:५५
हजुरको प्रतिक्रिया