२०८३ साउन २१ गते बिहीबार

एकीकृत समाजवादीकाे गण्डकी अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध

एकीकृत समाजवादीकाे गण्डकी अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २८ गते सोमबार १०:००

पाेखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन्। पोखरा सभागृहमा सोमबार सम्पन्न प्रथम अधिवेशनले ७ पदाधिकारीसहित १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध...

पाेखरा ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन्।

पोखरा सभागृहमा सोमबार सम्पन्न प्रथम अधिवेशनले ७ पदाधिकारीसहित १४३ सदस्यीय प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो।

नवगठित कमिटीमा अध्यक्षसहित २ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव तथा भूगोल र विभिन्न क्षेत्रका प्रतिनिधिहरू छन्। १ सय ४३ सदस्यीय कमिटीमा विभिन्न क्लष्टरका ४१ पद भने रिक्त रहेका छन्।

अध्यक्षमा निर्वाचित कृष्णबहादुर नेपाली यसअघि गण्डकी प्रदेश कमिटीका सचिव थिए। तत्कालीन सचिव प्रतापलाल श्रेष्ठ एमालेमा फर्किएपछि नेपालीलाई सचिवको जिम्मेवारी दिइएको थियो। उपाध्यक्षमा विष्णु गिरी र मुक्तिनाथ पौडेल, सचिवमा ठाकुरप्रसाद शर्मा तथा सहसचिवमा टीकाराम पौडेल, विवेक भूजेल र सुष्मा काफ्ले निर्विरोध चयन भएका छन्।

निर्वाचित अध्यक्षसहित सम्पूर्ण कमिटीलाई नेकपा (एस)का वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष मण्डलका प्रमुख राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

अधिवेशन माघ २६ र २७ गतेका लागि तय गरिएको भए पनि निर्विरोध नेतृत्व चयनको प्रक्रियाका कारण एक दिन थप गरिएको थियो।

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार १०:००
हजुरको प्रतिक्रिया