२०८३ साउन २१ गते बिहीबार

हाम्रो राजनीति बरालियो, ट्र्याक समात्न सकेनौंः उपमहासचिव शर्मा

हाम्रो राजनीति बरालियो, ट्र्याक समात्न सकेनौंः उपमहासचिव शर्मा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २९ गते मंगलबार ०६:५१

राजनीतिलाई सही दिशामा लैजान सकेमात्र मुलुकमा आर्थिक विकास सम्भव रहेको सांसद शर्माको तर्क छ ।

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले मिसन २०८४ भन्दै राजनीतिक दलहरुले जनतालाई ठगिरहेको टिप्पणी गरेका छन् ।

मंगलवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शर्माले राजनीतिक दलहरुले जनतालाई ठगिरहेको टिप्पणी गरेका हुन् ।

उनले छिमेकी देशहरु विकास निर्माणको तिब्र गतिमा अघि बढिरहँदा राजनीतिक दलहरुको सोच र मानसिकताको कारणले अगाडि बढ्न नसकेको उल्लेख गरे ।

उनले राजनीति बरालिएका कारण मुलुकले विकासको ट्र्याक समात्न नसकेको जिकिर गरे । मिसन २०८४ नभई मिसन सुशासन र आर्थिक विकास हुनुपर्नेमा उनको भनाइ थियो ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय यहाँ विधि मिच्ने काम गरियो । हामीले यहीबाट विकास निर्माण र आर्थिक उन्नतिको दिशामा देशलाई लैजाउँ । हाम्रा छिमेकी देशहरु विकासको तिब्र गतिमा अगाडि बढिरहेका छन् । हामी पछाडि परिरहेका छौं । हाम्रो सोचले गर्दा, हाम्रो मानसिकताले गर्दा । हाम्रो राजनीति बरालिएको कारणले गर्दा हामीले ट्र्याक समात्न सकिरहेका छैनौं । त्यसकारण हामी राजनीतिलाई सही दिशातर्फ लैजानको लागि अगाडि बढ्नुपर्छ । आज हामी मिसन चौरासी भनिरहेका छौं । अहिले २०८१ छ । मिसन ८१ मा के गर्ने, मिसन ८२ मा के गर्ने, मिसन ८३ मा के गर्ने ? यो सब जनतालाई ठग्ने कुरा हो यो । मिसन जनता हो, मिसन सुशासन हो र मिसन आर्थिक विकास बनाउनुपर्दछ ।’

राजनीतिलाई सही दिशामा लैजान सकेमात्र मुलुकमा आर्थिक विकास सम्भव रहेको सांसद शर्माको तर्क छ ।

देशमा भएका भ्रष्टाचारको छानबिनको लागि शक्तिशाली आयोग गठनको गर्न समेत उनले माग गरेका छन् ।

प्रकाशित मिति २०८१ माघ २९ गते मंगलबार ०६:५१

हजुरको प्रतिक्रिया