२०८३ साउन २१ गते बिहीबार

आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा

आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २९ गते मंगलबार ०६:०२

पोखरा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार सकिएको खेलमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० को गोल अन्तरले पराजित...

पोखरा
उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार सकिएको खेलमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० को गोल अन्तरले पराजित गर्दै ब्ल्याक बुल्सले सेमिफाइनलको यात्रा तय गरेको हो ।

पहिलो हाफमा एक गोलले अग्रता लिएको ब्ल्याक बुल्सले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ३८औं मिनेटमा ब्ल्याक बुल्सका इस्लोम्जन अब्दुकोडिरोभले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । खेलको ७३औं मिनेटमा सयदज्मोल दब्लाजोनोभले गोल गर्र्दै ब्ल्याक बुल्सको अग्रता दोब्बर बनाए ।

त्यसको दुई मिनेटमै ब्ल्याक बुल्सले अर्काे गोल थप्यो । ७५औं मिनेटरमा शाब्कात्जोनले डिबक्स बाहिरबाट गोल गर्दै टोलीलाई तेब्बर अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ब्ल्याक बुल्स ३–० ले विजयी भयो ।

पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै थन्डरबोल्ट क्वाटरफाइनलमा प्रवेश गरेको थियो । दोस्रो खेलमा ब्ल्याक बुल्ससँग पराजित हुँदै थन्डरबोल्ट प्रतियोगिताबाट बाहिरिएको छ । योसँगै आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । ब्ल्याक बुल्सहित नेपाल पुलिस क्लब, चर्च ब्बाइज युनाइटेड र थ्री स्टार सेमिफाइनलमा पुगेको हुन् ।

पहिलो सेमिफाइनल खेलमा भोलि नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ । दोस्रो सेमिफाइलन खेल थ्री स्टार र ब्ल्याक बुल्सबीच बिहीबार हुनेछ ।

प्रकाशित मिति २०८१ माघ २९ गते मंगलबार ०६:०२
हजुरको प्रतिक्रिया