पोखरा
पोखरामा फागुन २ र ३ गते गण्डकी प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा आउँदो शुक्रबार र शनिबार उक्त प्रतियोगिता हुन लागेको हो ।
लोक दोहोरी गीत संगीत क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठान कास्कीकी अध्यक्ष तुलसी क्षेत्रीले जानकारी दिए । प्रतियोगिता विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित प्रमाणपत्र पाउनेछन् । तेस्रो हुनेलाई १५ हजार र सान्त्वनालाई ८ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने गायक र गायिकालाई जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्रदान गरिने प्रतिष्ठान कास्कीका अध्यक्ष क्षेत्रीले बताइन् । प्रतियोगितामा लोक तथा दोहोरी गायक तारापति सुवेदी संयोजकत्वमा निर्णायक टोली रहनेछ ।
प्रतियोगिता गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा हुनेछ । दर्शकलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको आयोजकले जनाएको छ । टिम दर्ताको लागि आज ४ बजेसम्मको समय छुट्याइएको छ । हालसम्म १७ टिम दर्ता गरेको अध्यक्ष क्षेत्रीले बताइन् ।
प्रकाशित मिति २०८१ माघ ३० गते बुधबार ०१:५१




