२०८३ साउन २१ गते बिहीबार

विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्दैनौँः गगनकुमार थापा

विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गर्दैनौँः गगनकुमार थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०८:५६

सरकार बनाउने कुरामा अरुसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उनको दाबी छ ।

काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने सम्बन्धमा पार्टीका आधारभुत मूल्य र मान्यतामा कुनै सम्झौता नहुने बताएका छन् ।

बुधबार बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले पार्टीले विधिको शासन, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभुत मूल्य र मान्यताहरुमा सम्झौता नगरिने बताए ।

वर्तमान सरकार नेपाली काँग्रेसले चाहेर नभई परिस्थितिले निर्माण भएको उनले उल्लेख गरे ।

सरकार बनाउने कुरामा अरुसँग सहकार्य गर्ने विकल्प नरहेको उल्लेख गर्दै यही सरकारमा बसेर बाँकी समयको सदुपयोग गर्ने उनको दाबी छ ।

सरकार गठन हुँदाका बखत गरिएको सात बुँदे सहमतिको आधारमा काँग्रेस–एमालेले आलोपालो सरकार चलाउने उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०८:५६
हजुरको प्रतिक्रिया