२०८३ साउन २१ गते बिहीबार

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आज आयल निगममा धर्ना दिँदै

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आज आयल निगममा धर्ना दिँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०९:१०

त्यस्तै २ गतेबाट पि.डि.ओ. नलिने र ५ गतेबाट सबै डिपोहरुमा ट्यांकरको साँचो निगममा बुझाई ट्यांकर लोड÷अनलोड नगराउने तर निगम स्वयंले सञ्चालन गर्न चोह ट्याङ्कर उपलब्ध गराउने जानकारी दिएको छ ।

काठमाडौं ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले बिरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।

आज फागुन १ गतेदेखि नेपाल आयल निगम लिमिटेडको केन्द्रिय कार्यालयमा धर्ना र प्रदर्शन गर्ने महासंघले जनाएको छ ।

त्यस्तै २ गतेबाट पि.डि.ओ. नलिने र ५ गतेबाट सबै डिपोहरुमा ट्यांकरको साँचो निगममा बुझाई ट्यांकर लोड÷अनलोड नगराउने तर निगम स्वयंले सञ्चालन गर्न चोह ट्याङ्कर उपलब्ध गराउने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष मनोजकुमार दासले महासंघले गत पुस २३ गते आयल निगम लगायत मन्त्रालयलाई पत्राचार गरी जानकारी गराएको तर सरकारले नसुनेको आरोप लगाए ।

१७ पटकसम्म ज्ञापनपत्र बुझाउँदा पनि माग सम्बोधन नभएको र विशेष गरी ढुवानी भाडा समायोजन नगरेको उनको आरोप छ ।

उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जायज माग सम्बोधन गर्न निर्देशन दिँदा पनि सुनुवाई नभएको बताए ।

२०७३ पछाडी डिजार र अन्य सामान्य बाहेक मुख्य सञ्चालन खर्च एवं यथार्थ ट्रिप संख्याको आधारमा ढुवानी भाडा समायोजन नगरेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०९:१०
हजुरको प्रतिक्रिया