२०८३ साउन २१ गते बिहीबार

कवर्ड हललाई बनाईयो अक्सिजनसहित दश शैयाको अस्थाई कोभिड अस्पताल

कवर्ड हललाई बनाईयो अक्सिजनसहित दश शैयाको अस्थाई कोभिड अस्पताल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २५ गते शनिबार ०४:३२

बागलुङको बडिगाड गाउँपालिकाले बडिगाड डोजोङको कभर्डहलमा दश शैयाको अस्थाई कोभिड अस्पताल (आईसोलेसन कक्ष) निर्माण गरेको छ । गाउँपालिकामा संक्रमितको दर बढ्दै गएपछि फराकिलो कभर्वहलको प्रयोग गरेर अक्सिजन सहितको आइशोलेसन कक्ष बनाएको...

बागलुङको बडिगाड गाउँपालिकाले बडिगाड डोजोङको कभर्डहलमा दश शैयाको अस्थाई कोभिड अस्पताल (आईसोलेसन कक्ष) निर्माण गरेको छ ।

गाउँपालिकामा संक्रमितको दर बढ्दै गएपछि फराकिलो कभर्वहलको प्रयोग गरेर अक्सिजन सहितको आइशोलेसन कक्ष बनाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडामणि कँडेलले बताए ।

अहिले बडिगाडमा ४६ जना कोरोनाका सक्रिय संक्रमित छन् । संक्रमित मध्ये ३ जनाको धौलागिरी अस्पतालमा उपचार भैरहेको छभने अन्य होम आइशोलेसनमा रहेको कँडेलले जानकारी दिए ।

बडिगाड डोजोको कबर्डहलमा आईसोलिसन बनाईएको हुनाले अर्को सुचना नभए सम्म खेल सञ्चालन नहुने प्रमुख प्रशिक्षक राजन कुमार पाईजाले बताए । नेपाल सितोरियो कराते सघं, शाखा बडीगाड कराते डोजो बागलुङले कोरोना महामारी नियन्त्रणमा आँफुहरुको पनि भूमिका रहनुपर्ने भन्दै केही समयका लागि खेल स्थगित गरेर हल उपलव्ध गराएको जनाएको छ ।

प्रकाशित मिति २०७८ वैशाख २५ गते शनिबार ०४:३२
हजुरको प्रतिक्रिया