२०८३ साउन २१ गते बिहीबार

प्रमाेद खरेलले ल्याए ‘तिम्रै लागि हो भने’

प्रमाेद खरेलले ल्याए ‘तिम्रै लागि हो भने’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ भदौ २८ गते आइतबार ०८:३२

गायक प्रमोद खरेलको आवाजमा समावेश ‘तिम्रै लागि हो भने’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा नवराज न्यौपानेको शब्द तथा संगीत छ । गीतमा एक यूवकले आफूले मन पराएकी यूवतीका लागि गरेका वाचाहरु प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा नायक...

गायक प्रमोद खरेलको आवाजमा समावेश ‘तिम्रै लागि हो भने’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा नवराज न्यौपानेको शब्द तथा संगीत छ । गीतमा एक यूवकले आफूले मन पराएकी यूवतीका लागि गरेका वाचाहरु प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा नायक पुष्प खड्का र गरिमा शर्माको मोडलिङ हेर्न सकिन्छ । गरिमाका लागि पुष्पले एक्सन समेत गरेका छन् । यूवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी, निशाल पौडेलको छायांकन, विकास दाहालको सम्पादन छ ।

यो भिडियोलाई निर्देशकले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् ।

 

प्रकाशित मिति २०७७ भदौ २८ गते आइतबार ०८:३२
हजुरको प्रतिक्रिया