२०८३ साउन २१ गते बिहीबार

संवैधानिक परिषद्को बैठकमा मेरो अनुपस्थिती रहन्छःदेउवा

संवैधानिक परिषद्को बैठकमा मेरो अनुपस्थिती रहन्छःदेउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २५ गते शनिबार ०५:०८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा भाग नलिने भएका छन् । उनले शनिबार एक विज्ञप्ति निकाल्दै प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट पारेका छन्। उनले सरकारले संविधानको मूल मर्म...

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा भाग नलिने भएका छन् । उनले शनिबार एक विज्ञप्ति निकाल्दै प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट पारेका छन्।

उनले सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै बैठकमा भाग नलिने बताए।

“संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरीत, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आह्वान गर्दछु”, पूर्वप्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले कानून निर्माण र संशोधन गर्ने संसद्को आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरी पटकपटक अध्यादेश जारी गर्ने काम भएको टिप्पणी पनि गर्नुभएको छ ।

प्रकाशित मिति २०७८ वैशाख २५ गते शनिबार ०५:०८
हजुरको प्रतिक्रिया