२०८३ असोज २६ गते सोमबार

काँग्रेसले ०८४ मा बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छः झलनाथ खनाल

काँग्रेसले ०८४ मा बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छः झलनाथ खनाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २ गते शुक्रबार ०६:१३

देशका सबै वामपन्थी एक हुनुपर्नेमा उनले जोड दिए ।

काठमाडौं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी काँग्रेसले तयारी गरिरहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन पूर्वप्रधामन्त्री खनालले ०८४ आउँदै गरेको भन्दै काँग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताएका हुन् ।

उनले काँग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको दाबी गरे । उनले यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गरे ।

देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु आवश्यक रहेको पूर्वप्रधामन्त्री खनालको भनाइ थियो । देशका सबै वामपन्थी एक हुनुपर्नेमा उनले जोड दिए ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘अब ०८४ आउँदैछ । ०८४ को लागि काँग्रेसले राम्रो तयारी गरेको देख्छु मैले । राम्रो तयारीमा छ । ०८४ मा काँग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु । वामपन्थीले कल्पना नगरे पनि हुन्छ । म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ । एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन । त्यो दुर्घटनामा पर्छ । यदी अहिले पनि बुद्धि छ भने देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु, गलत कुरा सच्याउनु, साझा कुरा खोज्नुपर्छ । ’
पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको तर्क गरे ।

उनले नेकपा (माओवादी केन्द्र) ले दक्षिणपन्थी बाटो अंगालेको उल्लेख गरे । नेकपा (एकीकृत समाजवादी) ले पनि सोहीबाटो बिराएको उनले भनाइ थियो । काँग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको उनले आरोप समेत लगाए ।

प्रकाशित मिति २०८१ फागुन २ गते शुक्रबार ०६:१३

हजुरको प्रतिक्रिया