२०८३ असोज २६ गते सोमबार

उपचाररत उपप्रधानमन्त्री पौडेलसँग राष्ट्रपति र सभामुखको भेट

उपचाररत उपप्रधानमन्त्री पौडेलसँग राष्ट्रपति र सभामुखको भेट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ४ गते आइतबार ०१:३७

उपचाररत द्वयको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् ।

आईतवार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायतले उपचचाररत उपप्रधानमन्त्री पौडेललाई भेट गरी स्वास्थ्यलाभको कामना गरेका हुन् ।

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।

दुवै जनाको बर्न अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रपति, सभामुख, मन्त्रीहरुले उपचाररत पौडेल र आचार्यलाई भेट गरी स्वास्थ्यलाभको कामना गरे ।

उपचाररत द्वयको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०१:३७

हजुरको प्रतिक्रिया