२०८३ साउन २१ गते बिहीबार

पोखराको बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन

पोखराको बेलुन पड्किएको घटना छानबिन गर्न समिति गठन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ४ गते आइतबार ०२:२७

पोखरा गृह मन्त्रालयले पोखरामा शनिबार बेलुन पड्किएर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा छानविन समिति बनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको संयोजकत्वमा...

पोखरा
गृह मन्त्रालयले पोखरामा शनिबार बेलुन पड्किएर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा छानविन समिति बनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको संयोजकत्वमा ८ सदस्यीय छानविन समिति गठन गरिएको हो ।

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य छन् ।

समितिको सदस्य सचिव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री छन् । समितिमा एक जना विष्पोटक पदार्थ विज्ञ समेत रहनेछन् ।

घटना कसरी भयो भनेर स्थलगत छानबिन, दोहोरिन नदिन के–कस्तो उपाय अपानाउनुपर्ने विषयमा विस्तृत छानबिन गरी सुझाव पेश गर्न गृहमन्त्री लेखकले समिति सदस्यहरूलाई निर्देशन दिएका छन् । उक्त समितिले आजैदेखि काम समेत थालिसकेको छ । प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ । पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

 

प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०२:२७
हजुरको प्रतिक्रिया