२०८३ असोज २४ गते शनिबार

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप आजदेखि

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप आजदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ५ गते सोमबार ०९:३१

प्रतियोगितामा सहभागी चारवटै टिमले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले नेपालको तयारी पूरा भएको र आफुहरु खेल्नका लागि तयार रहेको बताए ।

नेपालले आज कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने

पोखरा ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप काठमाडौंमा शुरू हुँदैछ ।

फोर नेसन्स कपका रूपमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै किर्गिस्तान, म्यानमार र लेवनानको सहभागिता छ ।

नेपालले आज कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र कीर्गिस्तानबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

यसअघि उद्घाटन खेलमा अहिले दिउँसो दुई बजेबाट म्यानमार र लेबनानबिच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगितामा सहभागी चारवटै टिमले उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले नेपालको तयारी पूरा भएको र आफुहरु खेल्नका लागि तयार रहेको बताए ।

यस्तै नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले यस प्रतियोगिता महिला टिमका लागि उत्कृष्ट अवसर भएको बताइन् ।

यसैगरी कीर्गिस्तान, म्यानमार र लेबनानका प्रशिक्षक र कप्तानले पनि उत्कृष्ट खेल्ने दाबी गरेका छन् ।

नेपालको दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग परेको छ ।

एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

 

प्रकाशित मिति २०८१ फागुन ५ गते सोमबार ०९:३१
हजुरको प्रतिक्रिया