२०८३ साउन २१ गते बिहीबार

अन्तर्राष्ट्रिय महिला फुटबल : लेबनानलाई हराउँदै म्यानमारकाे विजयी शुरुआत

अन्तर्राष्ट्रिय महिला फुटबल : लेबनानलाई हराउँदै म्यानमारकाे विजयी शुरुआत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ५ गते सोमबार ०५:५४

चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् ।

काठमाडाैं ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले विजयी शुरुआत गरेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशाला आज भएको उद्घाटन खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हरायो । म्यानमारकी विन थेन्गी टुन, श्वे यी र सान थावोले गोल गरिन् । लेबनानकी ल्याला इस्कन्दारले गोल गरिन् ।

प्रतियोगितोमा आजै नेपालले आफ्नो पहिलो खेलमा बेलुकी ६ बजे किर्गिस्तानसँग खेल्दैछ । चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् । प्रतियोगिताका लागि विदेशमा लिग खेलिरहेका नेपाली खेलाडीहरू एन्जिला सुब्बा तुम्बापो, रेखा पौडेल र सावित्रा भण्डारी स्वदेश आइपुगेका छन् ।

सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

प्रकाशित मिति २०८१ फागुन ५ गते सोमबार ०५:५४
हजुरको प्रतिक्रिया