२०८३ साउन २१ गते बिहीबार

चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : आज नेपालले लेबनानसंग खेल्दै

चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : आज नेपालले लेबनानसंग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ८ गते बिहीबार ०७:११

पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यका साथ मैदान उत्रँदैछ ।

पोखरा ।

चारदेशीय मैत्रीपूर्ण अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिको आफ्नो दोस्रो खेलमा आज नेपालले लेबनानसंग खेल्दैछ ।

नेपाल र लेबनानबीचको खेल दशरथ रगशालामा खेल साँझ ६ बजे सुरु हुनेछ ।

पहिलो खेलमा कीर्गिस्तानविरुद्ध कठिन जित निकालेको नेपाल लेबनानविरुद्धको खेलबाट लय फर्किने लक्ष्यका साथ मैदान उत्रँदैछ ।

खेल अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले आजको खेलमा आफ्नो टिमलाई हार्न नहुने दबाब रहेको बताए ।

फिफाको महिला वरियतामा नेपाल १०३ र लेबनान १३४औं स्थानमा छन् ।

यी दुईबीच एक पटक खेल भएकोमा नेपालले जितेको छ । गत वर्ष साउदी अरेवियामा भएको वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानलाई २–१ गोलले हराउँदै नेपाल फाइनल पुगेको थियो ।

आज नै हुने पहिलो खेल दिउँसो दुई बजे म्यानमार र किर्गिस्तान भिड्दै छन् ।

म्यानमार र नेपालले सोमबार भएको आफ्नो पहिलो खेल जितेका थिए । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई एक गोलले हराएको थियो । म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो ।

त्यसैले आजको खेलमा नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुग्नेछन् । फाइनल खेल यही फागुन १४ गते हुनेछ ।

प्रकाशित मिति २०८१ फागुन ८ गते बिहीबार ०७:११
हजुरको प्रतिक्रिया