२०८३ साउन २१ गते बिहीबार

प्रजातन्त्र दिवसमा बागलुङमा नसर्ने रोगको स्कृनिङ

प्रजातन्त्र दिवसमा बागलुङमा नसर्ने रोगको स्कृनिङ

डम्मर बुढा मगर

@Public 4K Tv

२०८१ फागुन ८ गते बिहीबार ०७:२४

उक्त अवसरमा मधुमेह र उच्च रक्तचाप परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए ।

बागलुङ ।

७५ औँ प्रजातन्त्र दिवसका अवसरमा बागलुङमा नसर्ने रोगको स्कृनिङ गरिएको छ ।

जिल्ला समारोह समितिले आयोजना गरेको कार्यक्रममा उपस्थित भएका २०० जना सर्वसाधारणको नसर्ने रोगको स्कृनिङ गरिएको हो ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र बागलुङ नगरपालिकाको सहकार्यमा नसर्ने रोगको स्कृनिङ गरिएको हो ।

उक्त अवसरमा मधुमेह र उच्च रक्तचाप परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले जानकारी दिए ।

सूचना घिमिरेका अनुसार स्क्रिनिङमा सेवा लिएका अधिकांशमा उच्च रक्तचाप र मधुमेश देखिएको थियो ।

उनीलाई थप जाँच तथा उपचारका लागि सल्लाह सुझाव प्रदान गरिएको उनले बताए ।

जनस्वास्थ्य कार्यालयले फागुन महिनालाई नसर्ने रोगको स्कृनिङ गर्ने महिनाका रुपमा मनाउन थालेको घिमिरेले जानकारी दिए ।

फागुन महिना सुरु भएपछि बागलुङ नगरपालिका र गलकोट नगरपालिकाको विभिन्न वडामा नसर्ने रोगको स्कृनिङ गरेको उनको भनाइ छ ।

हालसम्म एक हजार जना बढीमा नसर्ने रोगको स्कृनिङ गरेको घिमिरेले बताए ।

 

प्रकाशित मिति २०८१ फागुन ८ गते बिहीबार ०७:२४
हजुरको प्रतिक्रिया