२०८३ साउन २१ गते बिहीबार

मिनी म्याराथनमा गाउँ फर्काेदयका दिपेश विजयी

मिनी म्याराथनमा गाउँ फर्काेदयका दिपेश विजयी

अस्मिता खनाल

@Public 4K Tv

२०८१ फागुन ८ गते बिहीबार ०७:३३

शुक्लागण्डकी जेसीजले आयोजना गरेको प्रथम संस्करणको मिनि म्याराथनमा ७० जना विद्यार्थी सहभागी थिए । म्याराथनको उपाधि गाउँफर्काेदय माध्यमिक विद्यालयका दीपेश थापाले जिते ।

तनहुँ ।

शुक्लागण्डकीस्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीदेखि ढोरबराही मन्दिरसम्म ५ किलोमिटरको मिनी म्याराथनमा दिपेश थापा विजयी भएका छन् ।

शुक्लागण्डकी जेसीजले आयोजना गरेको प्रथम संस्करणको मिनि म्याराथनमा ७० जना विद्यार्थी सहभागी थिए ।

म्याराथनको उपाधि गाउँफर्काेदय माध्यमिक विद्यालयका दीपेश थापाले जिते ।

५ किलोमिटर दूरीको दौड २२ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका थापाले ७ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

म्याराथनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयका भोजबहादुर गैह्रे २३ मिनेट ३८ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो र सुरज हमाल २३ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दैै तेस्रो भए ।

नेपाल पुलिस स्कुलका अंकित रानाभाटले २३ मिनेट ५६ सेकेन्डमा दौड सकाएर चौथो स्थान हासिल गरे ।

उनीहरुले क्रमशः ५ हजार, ३ हजार र १ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

छात्रातर्फ तालवेसी माध्यमिक विद्यालयकी सपना परियार विजेता बनिन् । उनले ५ किलोमिटर दौड ३१ मिनेट ४६ सेकेन्डमा पूरा गरेकी हुन् ।

सपनाले २ हजार साथमा रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

छात्रतर्फ ५ धावक मात्रै सहभागि थिए ।

 

प्रकाशित मिति २०८१ फागुन ८ गते बिहीबार ०७:३३
हजुरको प्रतिक्रिया