२०८३ साउन २१ गते बिहीबार

पछिल्लो २४ घण्टामा गण्डकीमा १४ जना संक्रमितको निधन

पछिल्लो २४ घण्टामा गण्डकीमा १४ जना संक्रमितको निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ३० गते बिहीबार ०९:०३

  पोखराका विभिन्न अस्पतालमा ९ जना बाग्लुङमा ४ जना र म्याग्दीको बेनीमा १ जना गरी १४ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा निधन भएको छ । थप १४ जना संक्रमितको निधनपछि प्रदेशमा मृतकहरुको संख्या ३१८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य...

 

पोखराका विभिन्न अस्पतालमा ९ जना बाग्लुङमा ४ जना र म्याग्दीको बेनीमा १ जना गरी १४ जना कोरोना संक्रमितहरुको पछिल्लो २४ घण्टामा निधन भएको छ । थप १४ जना संक्रमितको निधनपछि प्रदेशमा मृतकहरुको संख्या ३१८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय जानकारी दिएको हो ।

कास्की जिल्लाको पोखरा महानगरपालिका–८ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१५ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–१२ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो राति फिस्टेल अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका–२६ का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउसो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । उहाँलाई बैशाख २५ गते संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति २०७८ वैशाख ३० गते बिहीबार ०९:०३
हजुरको प्रतिक्रिया