२०८३ साउन २१ गते बिहीबार

जिल्लामा पहिलो पटक अस्थायी शव बाहनको व्यवस्थापन

जिल्लामा पहिलो पटक अस्थायी शव बाहनको व्यवस्थापन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख ३० गते बिहीबार ०९:१०

कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले पहिलो पटक अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ । नगरपालिकाले तीन महिनाका लागि रु चार लाख ५० हजार भुक्तानी दिने गरी अस्थायी शव बाहनको व्यवस्थापन गरेको हो । जिल्लामा...

कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले पहिलो पटक अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ । नगरपालिकाले तीन महिनाका लागि रु चार लाख ५० हजार भुक्तानी दिने गरी अस्थायी शव बाहनको व्यवस्थापन गरेको हो ।

जिल्लामा शव वाहन नहुँदा कोरोना महामारीमा शव व्यवस्थापनमा निकै चुनौती बन्दै आएको थियो । नगरपालिकाले खरिद गर्न थालेको नयाँ शव बाहन नआउञ्जेल अस्थायीरूपमा शव बाहन व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

नगरपालिकाले आफ्नै खर्चमा सवारी व्यवस्थापन गरी अस्पताललाई सञ्चालनका लागि पिकअप जिप उपलब्ध गराएको छ । बागलुङमा शव बाहन नहुँदा हालसम्म एम्बुलेन्सबाटै मृतक सङ्क्रमित बोक्दै आइएको थियो ।

प्रकाशित मिति २०७८ वैशाख ३० गते बिहीबार ०९:१०
हजुरको प्रतिक्रिया