२०८३ साउन २१ गते बिहीबार

काठमाडौंबाट (लागू औषध) सहित २ जना पक्राउ

काठमाडौंबाट (लागू औषध) सहित २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ९ गते शुक्रबार १२:३०

काठमाडौं काठमाडौंबाट प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित एक होटलमा अवैध लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई...

उनीहरूको साथबाट २८.५७ ग्राम खैरो हिरोइन, २० हजार नगद बरादम

काठमाडौं

काठमाडौंबाट प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६, माछापोखरीस्थित एक होटलमा अवैध लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने ४० वर्षीय दीपक राय र नुवाकोटको म्यागङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंमा बस्ने ३३ वर्षीय सुरेन्द्र गुवाजु रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट २८.५७ ग्राम खैरो हिरोइन, २० हजार नगद, १ थान डिजिटल तराजु र विभिन्न कम्पनीका तीन थान मोबाइल बरादम गरेको जनाइएको छ ।

पक्राउ दुवैजनामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहराले जानकारी दिए ।

प्रकाशित मिति २०८१ फागुन ९ गते शुक्रबार १२:३०
हजुरको प्रतिक्रिया