२०८३ साउन २१ गते बिहीबार

कानुनको अज्ञानता क्षम्य हुदैन भन्नुको अर्थ के ?

कानुनको अज्ञानता क्षम्य हुदैन भन्नुको अर्थ के ?

शिव शाह

@Public 4K Tv

२०८१ फागुन १० गते शनिबार ०२:२४

मुलुकी देवानी संहिता २०७४ को दफा ५ मा “कानुनको अज्ञानता क्षम्य हुदैन” भन्ने व्यवस्था गरेको छ ।

पोखरा ।

कानुनको अज्ञानता क्षम्य हुदैन भन्नुको अर्थ कुनैपनि विषयमा मलाई थाहा छैन, यस्तो गर्दा यो सजाय हुन्छ, मैले जानेर गरेको छैन, अनजानमा भएको हो, कानुनमा के थियो थाहा भएन भनेर पिडकले भन्न नमिल्ने कानुनी सर्वव्यापी व्यवस्था हो । हुन त कानुनको सबै प्रावधान सबै नागरिकलाई थाहा नहुन सक्छ तर समान्य सिद्धान्त जस्तो ठिक–बेठिक, उचित–अनुचित र नैतिक–तातिक भने छुटाउन सकिन्छ, भन्ने विश्वास कानुनले राख्दछ ।

त्यसैगरी मुलुकी देवानी संहिता २०७४ को दफा ५ मा “कानुनको अज्ञानता क्षम्य हुदैन” भन्ने व्यवस्था गरेको छ । राजपत्रमा प्रकाशित भएपछि सबैले यो कानुनको बारेमा थाहा पाएको अनुमान समेत गरेको हुन्छ । कानुनको अज्ञानता क्षम्य हुदैन भन्ने विश्वव्यापी सिद्धान्त र मान्यता पनि रहेको छ र यो सिद्धान्त व्यवहारमा समेत लागु भएको पाइएको छ ।

मानौ यदि कुनै व्यक्तिले रिसको आवेशमा आएर हत्या गरे त्यसपछि हत्या गरिनु हुन्न भने मलाई थाहा थिएन, थाहा पाइन, जानेर गरेको होइन, अनजानमा भएको हो भन्ने भन्न पाइने छैन र यो बाट मुक्त हुन पाउँदैन भन्ने विश्वव्यापी सिद्धान्त र मान्यता छ ।

कानुनको अज्ञानता क्षम्य हुदैँन भन्ने सिद्धान्तको मुख्य उदेश्य कानुनको आँखामा सबै समान छन् । गल्ति गर्ने हरकोहीलाई कानुनले सजाय दिन्छ । सामान्य नागरिक देखि प्रधानमन्त्री, प्रधानन्यायाधीश किन नहोस सबैका लागि कानुन समान हुन्छ भन्ने विश्वव्यापी सिद्धान्त र मान्यता छ ।

हो, कानुनका सबै प्रावधान सामान्य नागरिकलाई थाहा नभएका हुन सक्छ तर समाजमा रहेको व्यवहारिक सिद्धान्तहरु थाहा पाइएको हुन्छ । जस्तो गाली, नगर्नु बेइज्जती नगर्नु, झगडा नगर्नु, कसैको नैतिकतामा आच पुग्याउने काम नगर्नु, नकारात्मक क्रियाकलाप नगर्नु र कानुन विपरीत कार्य नगर्नु भन्ने कानुनको अज्ञानता क्षम्य हुदैँन भन्नुको मुलभुत सिद्धान्त हो ।

कानुन कसैका लागि साना र कसैका लागि ठुला नभई सबैका लागि समान हुन्छ भन्ने सिद्धान्त छ । कानुनका बारेमा पुस्तकमा, पाठयक्रममा, विश्वविद्यालयमा पाइन्छ । तर पनि तल्लो स्तरमा आम नागरिक आज पनि ज्ञानकै अभावको कारण जानि नजानी कानुनको कठघरामा छन् भन्ने कानुनको अज्ञानता क्षम्य नहुने (केहि नजानि, नबुझेको कार्यबाट हामी कानुनको नजरमा पर्छै) भन्ने हो । यसले गर्दा नागरिकहरु नकारात्मक क्रियाकलाप र कानुन विपरीत कार्य गर्नबाट डराउँछ र पछाडि सर्छ ।

मुलुकी फौजदारी संहिता २०७४ को दफा २१९ मा ‘’कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने छ’’ भनि उल्लेख गरेको छ । वर्तमान अवस्थामा करणी जस्ता अपराधहरु दिनहुँ बढ्दो देखिन्छ । यहि नै कानुनको अज्ञानता क्षम्य हुदैन भन्नुको तात्पर्य हो ।

नोट : शिव शाह गण्डकी विश्वविद्यालयमा कानून अध्ययनरत विद्यार्थी हुन् ।

प्रकाशित मिति २०८१ फागुन १० गते शनिबार ०२:२४

हजुरको प्रतिक्रिया