२०८३ साउन २१ गते बिहीबार

स्थानियद्धारा निषेधाज्ञा अटेरःसिडिओ र एसपी आफै सडकमा

स्थानियद्धारा निषेधाज्ञा अटेरःसिडिओ र एसपी आफै सडकमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ १ गते शनिबार ०३:१६

स्थानीयहरूले निषेधाज्ञालाई अटेर गर्न थालेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक(एसपी)आफैं सडकमा निस्केर कडाइ गर्न थालेका छन् । जिल्ला प्रशासनले शनिबारदेखि निषेधाज्ञामा थप कडाई गरेपछि पालनाका...

स्थानीयहरूले निषेधाज्ञालाई अटेर गर्न थालेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक(एसपी)आफैं सडकमा निस्केर कडाइ गर्न थालेका छन् ।

जिल्ला प्रशासनले शनिबारदेखि निषेधाज्ञामा थप कडाई गरेपछि पालनाका लागि सिडिओ र एसपी नै सडकमा निस्किएका हुन् । निषेधाज्ञा पालनाकालागि चोक–चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयले विभिन्न बहाना बनाउँदै अटेर गरेर हिड्न आफैँ सडकमा निस्कनुपरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताउनुभयो । जनप्रतिनिधिहरूको समेत सहभागिता रहेको टोलीले विभिन्न ठाउँमा बसेर अटेरी गर्ने स्थानीयलाई फर्काएका छन् ।

प्रशासनले जेठ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपेको छ ।

प्रकाशित मिति २०७८ जेठ १ गते शनिबार ०३:१६
हजुरको प्रतिक्रिया