२०८३ साउन २१ गते बिहीबार

चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : नेपालले आज म्यानमारसँग खेल्दै

चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : नेपालले आज म्यानमारसँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ११ गते आइतबार १०:१८

नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् ।  त्यसकारण यस खेल फाइनलअघिको वार्म–अप हुनेछ ।

पोखरा ।

चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।

नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् ।  त्यसकारण यस खेल फाइनलअघिको वार्म–अप हुनेछ ।

म्यानमारले लेबनानलाई ३–१ तथा कीर्गिस्तानलाई ५–० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १–० गोलअन्तरले हराएको थियो ।

नेपाल र म्यानमारबिच हालसम्म ३ खेल भएका छन् जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो । म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ ।

सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा नेपाल म्यानमारसँग ३–० ले पराजित भएको थियो भने फाइनलमा ३–१ ले पराजित भएको थियो ।

त्यसअघि सन् २०१८ मा भएको ओलम्पिक एएफसी क्वालिफाइङ राउण्ड वानमा नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको थियो ।

यसैबीच नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताएका छन् ।

आजै दिउँसो लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ । लेबनान र कीर्गिस्तान उपाधि होडबाट बाहिरीसकेका छन् ।

नेपाल र म्यानमारबीचको फाइनल खेल फागुन १४ गते बुधबार हुनेछ ।

प्रकाशित मिति २०८१ फागुन ११ गते आइतबार १०:१८
हजुरको प्रतिक्रिया