२०८३ साउन २१ गते बिहीबार

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ ३ गते सोमबार ०९:५७

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका...

म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा सञ्चालित अक्सिजन प्रशोधन केन्द्रलाई बैंकका रूपमा परिणत गरिएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन सिलिण्डर सङ्कलन गर्न थालिएको बताए ।

जिल्ला प्रहरी कार्यालयले बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर सङ्कलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

उनका अनुसार आठवटा पसल, ग्यारेज तथा उद्योगमा रहेका १२ वटा भरिएको र १० वटा खाली सिलिण्डर सङ्कलन गरेर हस्तान्तरण गरिएको छ।

प्रकाशित मिति २०७८ जेठ ३ गते सोमबार ०९:५७
हजुरको प्रतिक्रिया