२०८३ साउन २१ गते बिहीबार

नेपालसँग बराबरी खेल्दै म्यानमार लिग विजेता

नेपालसँग बराबरी खेल्दै म्यानमार लिग विजेता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ११ गते आइतबार ०८:३६

काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो...

फाइनल खेल बुधबार हुने

काठमाडौं ।
काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो ।

खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन् । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जना राना मगरले भलि आएको बललाई जज गर्नै सकिनन् ।

११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सबिता रानामगरले ट्याप इन गोल गर्दै खेल बराबरीमा ल्याइन् । १६औं मिनेटमा मे टेट नुले गोल गर्दै म्यानमारलाई पुन: अगाडि ल्याइन् । ४०औं मिनेटमा सावित्राले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकियो । खेलमा यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरको सदुपयोग गर्न सकेनन् ।

यो बराबरीसँगै म्यामार लिग विजेता र नेपाल उपविजेता बन्दै बुधबार फाइनल खेल्नेछन्।

प्रकाशित मिति २०८१ फागुन ११ गते आइतबार ०८:३६
हजुरको प्रतिक्रिया