२०८३ कात्तिक ११ गते मंगलबार

गण्डकी प्रदेशमा थप १७ जनाकाे ज्यान गयाे, ७९१ जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १७ जनाकाे ज्यान गयाे, ७९१ जनामा संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २४ गते सोमबार ०७:०१

पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ । निर्देशनालयका अनुसार...

गण्डकीमा अझै घटेन मृत्युदर

पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

निर्देशनालयका अनुसार कास्कीमा ६, नवलपरासी पूर्व ४, पर्वतमा २, स्याङजा १, तनहुँ १,लमजुङ १ बागलुङ १ र म्याग्दीमा १ जनाको पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको हाे ।

जसअनुसार पोखरा–१ का ९७ बर्षिय पुरुष, पोखरा–१५ की ३५ बर्षिय महिला, पोखरा–१७ का ५६ बर्षिय पुरुष, पोखरा–१५ का ७० बर्षिय पुरुष, पोखरा–२२ का ४८ बर्षिय पुरुष र पोखरा–१७ का ५६ बर्षिय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यसैगरी पर्वतको कुस्मा–१० क ७२ बर्षिय पुरुष, बिहादी –७ की ८० बर्षिय महिला, स्याङजाको पुतलीबजार–१० का ७० बर्षिय पुरुष, तनहुँ शुक्लागण्डकी–४ का ४३ बर्षिय पुरुष, नवलपरासीको विनय त्रिवेणी –५ का ३६ बर्षिय पुरुष, विनय त्रिवेणी –२ का ७८ बर्षिय पुरुष, विनय त्रिवेणी –२ की ४५ बर्षिय महिला र विनय त्रिवेणी –१ का ३८ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै म्याग्दी जलजला–१ की ५२ बर्षिय महिला,बागलुङको तमानखोला–३ का ६३ बर्षिय पुरुष र लमजुङको बेशीसहर–६ की ६५ बर्षिय कोरोना संक्रमित महिलाको उपचारको क्रममा निधन भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७७९ पुगेको छ ।

यसैगरि गण्डकी प्रदेशमा सोमबार थप ७९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ४१५ जनाको नमुना परिक्षण गरिएकामा ७९१ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ३९४ महिला र ३९७ जना पुरुष रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा १६५,गोरखामा १९६,नवलपरासी १२५,स्याङजा ५६,बागलुङ ५७, तनहुँ ७०, लमजुङ ६७, पर्वत २९ र म्याग्दीमा समेत २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४७ हजार २९१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ५३० जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशभर हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३८ हजार ४७ पुगेको छ ।

प्रकाशित मिति २०७८ जेठ २४ गते सोमबार ०७:०१
हजुरको प्रतिक्रिया