२०८३ कात्तिक १० गते सोमबार

पाेखरामा यहि २७ गते भेरोसेल खोप लगाइने ( उपलव्ध खाेप केन्द्रकाे नामावलीसहित )

पाेखरामा यहि २७ गते भेरोसेल खोप लगाइने ( उपलव्ध खाेप केन्द्रकाे नामावलीसहित )

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २४ गते सोमबार ०७:४४

पाेखरा । पोखरा महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध चीनले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा लगाउन ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ । ६२ वर्ष पुरा भएका ६५ वर्षमुनिका नागरिकलाई खोप लगाइने भएको...

पाेखरा । पोखरा महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध चीनले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा लगाउन ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ ।

६२ वर्ष पुरा भएका ६५ वर्षमुनिका नागरिकलाई खोप लगाइने भएको हो । पोखरा महानगरपालिकाले सोमबार खोप लगाउने स्थान सहित खोप लगाउने मिति सार्वजनिक गरेको छ । जेठ २७ गते पोखराका २७ केन्द्रबाट खोप लगाइने महानगरले उल्लेख गरेकाे छ ।

खोप लगाउन आउँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजात लैजानुपर्ने छ । त्यस्तै सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोप लगाउन जानुपर्ने महानगरले जनाएकाे छ ।

 

हेर्नुहाेस खाेप कुन-स्थानबाट कहिले लगाउन सकिने छ ?

 

प्रकाशित मिति २०७८ जेठ २४ गते सोमबार ०७:४४
हजुरको प्रतिक्रिया