२०८३ साउन २१ गते बिहीबार

द अन्नपुर्ण स्कुल ९ औं गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारीलाई

द अन्नपुर्ण स्कुल ९ औं गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारीलाई

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ फागुन १५ गते बिहीबार ०९:१२

गोरखा । द अन्नपुर्ण स्कुल ९ औं गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारी क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई १–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधी बिजेता बनेको हो । हरमटारी क्लवका देव गुरुङले...

बिजेता हरमटारीले पाए रनिङ कपको साथमा ४ लाख रुपैया नगद पुरस्कार

गोरखा ।

द अन्नपुर्ण स्कुल ९ औं गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारी क्लबले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई १–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधी बिजेता बनेको हो ।

हरमटारी क्लवका देव गुरुङले दोस्रो हाफको ३६ औं मिनेटमा फ्रिकिक मार्फत गरेको गोल नै निर्णायक बनेको हो ।

उपाधी बिजेता हरमटारीले रनिङ कपको साथमा ४ लाख रुपैया नगद पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र पाएको छ ।

उपाधी उपबिजेता बनेको चाइनिजधारा क्लबले भने २ लाख रुपैया नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाएको आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए ।

प्रतियोगिताका सर्वाधिक गोलकर्ताहरुलाई पनि पुरस्कृत गरिएको छ । लक्ष्मी बजार हर्ट क्लवका रिचर्ड विल्सनलाई १५ हजार नगद पुरस्कार दिइएको बताइएको छ । प्रतियोगिता अवधीभर उनले ६ गोल गरेका थिए ।

हरमटारी क्लबका अनिश महतो उत्कृष्ट गोलरक्षक, सन्त बहादुर गुरुङ सबैभन्दा मूल्यवान खेलाडी र प्रसुन तामाङ्ग गोरखाका उदयमान खेलाडी घोषित भएका छन् । उनीहरुले जनही १५ हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा लक्ष्मी बजार हर्ट क्लवलाई फेयर प्ले अवार्ड प्रदान गरिएको छ । क्लवले नगद ३५ हजार पुरस्कार पाएको छ ।

प्रतियोगिताका बिजेताहरुलाई बुधबार एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो । यही फागुन ७ गतेबाट हरमटारी खेलमैदानमा शुरु भएको प्रतियोगितामा कुल १४ टिमको सहभागीता रहेको थियो ।

प्रकाशित मिति २०८१ फागुन १५ गते बिहीबार ०९:१२
हजुरको प्रतिक्रिया