काठमाण्डौ ।
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का पोखरासहित देशका धेरै ठाउँमा महसूस गरिएको थियो ।
भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारका एक जना कैदी घाइते भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा जानकारी दिएका छन् ।
थापाका अनुसार सामान्य घाइते भएका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यो बाहेक भूकम्पबाट ठूलो क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
अरु क्षतिकोबारे जानकारी नआएको र बुझ्ने काम भइरहेको उनले बताए ।
प्रकाशित मिति २०८१ फागुन १६ गते शुक्रबार ०६:५८