२०८३ साउन २१ गते बिहीबार

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १६ गते शुक्रबार ०७:१२

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेका हुन् ।

 

पोखरा ।

हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने पर्व ग्याल्पो ल्होसार आज मनाइँदै छ ।

आज शेर्पा समुदायले विविध कार्यक्रम गरि सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेको हो ।

मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरू गरिएको हो ।

यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेका हुन् ।

ग्याल्पो ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति २०८१ फागुन १६ गते शुक्रबार ०७:१२
हजुरको प्रतिक्रिया