२०८३ असोज २४ गते शनिबार

तेस्रो माछापुच्छ्र्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता जारी

तेस्रो माछापुच्छ्र्रे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १६ गते शुक्रबार ०८:०९

माछापुच्छ्र्रे गाउँपालिका वडा नं –७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्र्रे गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ गतेदेखि भइरहेको खेल १७ गते सम्म चल्नेछ । प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ५ टिमको सहभागीता रहेको छ ।

हेमजा ।

माछापुच्छ्र्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा घम्पुसमा जारी तेस्रो माछापुच्छ्र्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएका छन् ।

बिहीबार भएको महिला भलिबल तर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक माछापुच्छ्र्रेलाई पछि पार्दै बागलुङले फाइनलको यात्रा तय गरेको छ ।

दोस्रो सेमिफाइनल खेलमा हिमशिखर युवा क्लब घम्पुस र शान्त भलिबल ट्रेनिङ सेन्टर बिच भएको खेलमा शान्ता भलिबल ट्रेनिङले हिमशिखरलाई पराजित गरेको छ ।

महिला भलिबलको फाइनलमा बागलुङ र शान्त भलिबल ट्रेनिङ सेन्टरले उपाधिका लागि भिड्ने भएका छन् ।

यता पुरुष तर्फ मादी गाउँपालिका र निस्सिखोलाबिच हुने भनिएको खेलमा मादी गाउँपालिका उपस्थित हुन नसके पछि आयोजकले निस्सि खोलालाई आगामी यात्राको लागि विजयी घोषण ग¥यो ।

स्याङ्जा हरिनास र माछापुच्छ्र्रे गाउँपालिकाबिच भएको खेलमा पहिलो र अन्तिम दुई सेटले पछि पर्दै हरिनासले सुखद यात्रा तय गरेको छ ।

माछापुच्छ्र्रे गाउँपालिका वडा नं –७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्र्रे गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ गतेदेखि भइरहेको खेल १७ गते सम्म चल्नेछ ।

प्रतियोगितामा पुरुष तर्फ १४ र महिला तर्फ ५ टिमको सहभागीता रहेको छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०÷५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।त्यसै गरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५÷२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।

पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोसाक पुरुस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाउँपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित मिति २०८१ फागुन १६ गते शुक्रबार ०८:०९
हजुरको प्रतिक्रिया