२०८३ कात्तिक ११ गते मंगलबार

काेराेना अपडेट : गण्डकीमा मंगलबार थप १० जनाकाे मृत्यु, ५१८ नयाँ संक्रमित थपिए

काेराेना अपडेट : गण्डकीमा मंगलबार थप १० जनाकाे मृत्यु, ५१८ नयाँ संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ जेठ २५ गते मंगलबार ०७:१६

पाेखरा । गण्डकी प्रदेशमा मंगलबार १० जना काेराेना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित १० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले उल्लेख गरेकाे छ । मृत्यु...

कास्की अपडेट : २३२ संक्रमित थपिए, थप ३ जनाकाे ज्यान गयाे

पाेखरा । गण्डकी प्रदेशमा मंगलबार १० जना काेराेना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित १० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले उल्लेख गरेकाे छ ।

मृत्यु भएकामध्ये कास्कीका ३ जना, नवलपरासीका १ जना, तनहुँका १ जना, पर्वतका २ जना, लमजुंगका १ जना र स्याङजाका २ जना संक्रमित रहेकाे निर्देशनालयले जनाएकाे छ । याे सहित गण्डकीमा अहिलेसम्म ७८९ जनाको काेराेना संक्रमणपछि मृत्यु भएको छ ।

यस्तै, मंगलबार गण्डकी प्रदेशभर ५१८ नयाँ संक्रमित थपिएका छन । जसमा सर्वाधिक धेरै कास्कीका २३२ रहेका छन् । अन्य संक्रमितहरूमा नवपरासीका ३१, स्याङजाका १२, बाग्लुंगका १७, तनहुँका ५, लम्जुलंगका १२, गोरखाका १०६, पर्वतका ८७, म्याग्दीका १५ जना र मुस्ताङका १ जनामा संक्रमण पुष्टि भएको हाे ।

गण्डकीमा पछिल्लो २४ घण्टामा १ हजार ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यता कास्कीमा हालसम्म २० हजार १७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । १८ हजार ३ सय २५ जना संक्रमणमुक्त हुँदा कास्कीमा हाल १ हजार ३ सय ४७ सक्रिय संक्रमित रहेका छन् । काेराेनाकै कारण कास्कीले हालसम्म ३ सय ४५ जना नागरिक गुमाइसकेकाे छ ।

प्रकाशित मिति २०७८ जेठ २५ गते मंगलबार ०७:१६
हजुरको प्रतिक्रिया