२०८३ साउन २१ गते बिहीबार

युगान्डमा हुने वुमन्स डे कप खेल्ने नेपाली टोली घोषणा

युगान्डमा हुने वुमन्स डे कप खेल्ने नेपाली टोली घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १९ गते सोमबार ०९:१८

मार्च ८ देखि १६ सम्म हुने ट्वान्टी– ट्वान्टी प्रतियोगितामा नेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ । एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।

पोखरा ।

युगान्डमा हुने वुमन्स डे कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको भएको छ ।

नेपाल क्रिकेट संघले आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

साना प्रविन र रिया शर्माले पहिलोपल्ट सिनियर टोलीमा स्थान बनाएका छन् ।

बन्द प्रशिक्षणमा रहेका सीमाना केसी, सबनम राई, सोभा रोकाय र मनिषा उपध्यायले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

मार्च ८ देखि १६ सम्म हुने ट्वान्टी– ट्वान्टी प्रतियोगितामा नेपालसहित युगान्डा, हङकङ र नामिबियाको सहभागिता रहनेछ ।

एक अर्कासँग दुई पटक प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् ।

नेपालले मार्च ८ मा नामिबयासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले मार्च ९ मा युगान्डा मार्च १० मा हङकङसँग खेल्नेछ ।

नेपालले मार्च १२ मा नामिबिया, १३ मा युगान्डा र १४ मा हङकङसँग फेरि खेल्नेछ ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, कविता जोशी, ईश्वरी विष्ट, अलिसाकुमारी यादव (विकेटकिपर), साना प्रविन, रिया शर्मा छन् ।

 

प्रकाशित मिति २०८१ फागुन १९ गते सोमबार ०९:१८
हजुरको प्रतिक्रिया